दिपायलकाे पिपल्ला बजारमा ग्लोबल आइएमईको नयाँ शाखा विस्तार

177

काठमाडौं – ग्लोबल आइएमई बैंकको दिपायल पिपल्ला बजार शाखा सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

शाखाको उद्घाटन संयुक्तरुपमा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेल र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले डोटी लगायत देशका अन्य जिल्लाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताउनुभयो । उहाँले ग्लोबल आइएमई बैंकको उपस्थितिले डोटीकोे आर्थिक समृद्धिमा थप सहयोग पुग्ने र सम्पूर्ण देशवासीको मन जित्न सफल हुने बताउँदै बैंकलाई थप प्रतिष्पर्धी बन्दै ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमइ बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट आधुनिक एवम् अन्तर्राष्ट्रियस्तरको बैंकिङ्ग सेवा उपलब्ध हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोहि क्षेत्रमानै परिचालन गर्ने र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारीेले जिल्लामा छरिएर रहेको पुँजीलाई संकलन गरी जिल्लामै उद्यमको विकास तथा जिल्लाको कृषि क्षेत्रमा लगानी गर्न बैंकलाई सुझाव दिनुभयो ।

त्यस्तै डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेलले ग्लोबल आइएमई बैंकले गाउँघरमा छरिएर रहेको पुँजीलाई संकलन गरी राष्ट्र निर्माणमा लगाउन आग्रह गर्नुभयो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले २७० शाखा, २५६ एटिएम, ३७ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २४९ शाखा रहित बैंकिङ्ग सेवा र विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको र मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याई मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यहरु किशोर आचार्य, राजन श्रेष्ठ, राजकुमार न्यौपाने, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बीर बहादुर रावत, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर कार्की, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष दासुराज पोखरेल, गैंडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचन, भोजपुर उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुवलाल श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, डोटी उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरु, जिल्ला/नगर उद्योग वाणिज्य संघका पदाधिकारिहरु, स्थानीय उद्योगी तथा व्यापारीहरु, जिल्लाका विभिन्न सहकारी कार्यालयका प्रमुखहरु, स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि, स्थानीय व्यवसायी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here