अमेरिका पुगेका मुख्यमन्त्री राई र पत्रकारमाथि आक्रमणबारे प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न

324

काठमाडौं /  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अमेरिका पुगेको खबरले नेपालको राजनीति चर्किएको छ ।

भ्रमण स्विकृत नै नगराई मुख्यमन्त्री राई अमेरिका पुगेको समचार प्रकाशमा आएपछि पत्रकार लोकमणी राई माथि आक्रमण भएको छ । मुख्यमन्त्रीको समचार लेखेको भन्दै पत्रकार राई माथि आक्रमण भएको समचार सार्वजनिक भएको थियो ।

यही अवस्थामा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश २ का मुख्यमन्त्रीले विदेश भ्रमणको अनुमति नपाउने तर १ का लाई अनुमती नचाहिने भन्दै यो न्याय स्वतन्त्रता की अराजकता भन्दै प्रश्न गरेका छन् । पत्रकार राई कुटिएको विषयमा समेत शर्माले ओलीलाई लाज छोप्ने की कलम निमोठ्ने भन्दै प्रश्न गरेका छन् ।

 ट्वीटमा शर्माले भनेका छन्, विदेश भ्रमणमा बसाउन खोजेको प्रणाली सहि थियो । तर प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने १ कालाइ अनुमति नचाहिने ? यो न्याय, स्वतन्त्रता कि अराजकता प्रधानमन्त्री ज्यू ?, पत्रकार लोकमणि राई यहि प्रकरण पिटिएका छन् । निर्देशन के छ,लाज छोप्ने कि कलम निमोठ्ने ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here