तुलसिपुर / तुलसिपुरमा क्रियशिल महिला दिदिबहिनी हरुले देउसी भैलोबाट सङकलन भएको रकम तुलसिपुरमा रहेको बृद्धाआश्रममा सहयोग गरेका छन ।
बृद्धआश्रमको कार्यालयलाई ब्यबस्थापन गर्न एक थान कम्युटर र जेष्ठ नागरिक हरुलाई चिसो मौसममा न्यानो कपडा बितरण गरेका हुन । तुलसिपुरमा भरखरै स्थापना भएको ओमन युनिटिले सिमित घरहरुमा खेलेको देउसी भैलो बाट सङकलन भएको रकमबाट आज आईतबार एक कार्यक्रमकाबीच समितिलाई हस्तान्तरण गरिएको सस्थाकि अध्यक्ष पदमा चौधरिले जानकारी दिनुभएको छ ।

हाल जापान बस्दै आउनुभएकी सामाजिक अभियान्ता शोभा खत्रिको अगुवाइमा तुलसिपुरमा देउसि भैलो कार्यक्रम सञ्चालन गरिएको थियो ।
तुलसिपुरमा हिम्मति छोरि बुहारी संस्थाको समेत स्थापना गरिएको सचिव किर्ति गिरिले जनाउनुभयो । सो संस्थाले अन्य सामाजिक गतिविधिहरु समेत सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।



















