हुकुमबहादुर सिंह
कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम चिन्तनलाई यसरी हेरौं
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा मोहनविक्रम सिंह एउटा क्रान्तिकारी नेताको रुपमा तीसको दशकबाट उदय भए । उनले नेपाली कांग्रेस एउटा दलाल पु“जीपतिवर्गको राजनीतिक दल हो र यो नेपालको राष्ट्रियतालाई भारतीय शासकवर्गको हितमा सत्तामा जान सौदाबाजी गर्दछ भनेर व्याख्या गरे । धेरै युवालाई त्यो मन प¥यो । अर्कोतिर उनले नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महामन्त्री पुष्पलाल श्रेष्ठ, जसले नेपालमा नयाँ जनवादी क्रान्तिको आवश्यकता र त्यसको कार्यदिशालाई कार्यान्वयन गर्ने विचार राख्दथे र नेपालको राजतन्त्रको अन्त्य गर्न नेपाली कांग्रेससित कार्यगत एकता गर्नु पर्छ भन्ने विचारलाई लिएका थिए ।
मोहनविक्रमले उनी माथि गद्दारीको आरोपमात्रै लगाएनन, उनको आफ्नो भनाइलाई सिद्ध गर्न ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तिका समेत छापेर व्यापक वितरण गरे । उनको तर्क के थियो भने नेपाली कांग्रेस एउटा दलाल पु“जीपतिवर्गको राजनीतिक दल हो र यो नेपालको राष्ट्रियतालाई भारतीय शासकवर्गको हितमा सत्तामा जान सौदाबाजी गर्दछ त्यसैले उनले पुष्पलालको उक्त कार्यगत एकता सम्वन्धी नीतिका विरुद्ध समानान्तर रुपमा खडा गरेर एउटा अर्को नेतृत्वको रुपमा आफूलाई स्थापित गर्न केही समय सफल भए । उनको यो भनाई रुपमा क्रान्तिकारी देखिएता पनि सारमा यसले नेपालको राजतन्त्रलाई लामो समयसम्म कायम राख्न सफल भयो । किनभने जब जब नेपालका कम्युनिस्ट र नेपाली कांग्रेस आपसमा मिलेर राजतन्त्रका विरुद्ध आवाज उठाउन थाल्दथे राजतन्त्रका पक्षधरहरुभित्र खैलाबैला मचिन्थ्यो । नभन्दै २०६२/०६३को संयुक्त जनआन्दोलनले आखिरमा नेपालमा गणतन्त्रको स्थापना गर्न सफल भयो । त्यसबेला पनि मोहनविक्रमले माओवादीले अगाडि सारेको संविधानसभाको नारालाई रणनीति र कार्यनीतिक नाराको बहस ल्याएर पार्टीलाई उक्त संयुक्त आन्दोलनबाट बाहिरै राख्ने कोशिस गरे ।
तर ती सबै आखिरमा किन थिए ? जबकी अहिले उनका लागि नेपालको संविधान २०७२ सही भएको छ र केपी ओली उनका लागि एक नम्वरको राष्ट्रवादी ठहरिएका छन् । इतिहासले अहिले मोहनविक्रममाथि अनेकौ प्रश्नहरु खडा गरेको छ, जसरी बाबुराम, पुष्पकमल दाहाल आदिमाथि यस्तै प्रश्नहरु खडा भएका छन् । ओली, दाहाल र बाबुराम जस्तालाई ठीक ठहराउने उनले किन पुस्पलालमाथि त्यस्तोसम्मको आरोप लगाए होलान ? इतिहासले के सिद्ध गरेको छ भने नेपाली कम्युनिस्ट आन्दोलनमा अहिलेसम्म पुष्पलाल मात्रै एकजना यस्ता इमानदार कम्युनिस्ट नेता प्रमाणित भए, जसले कम्युनिस्ट विचार, व्यवहार, मूल्य र मान्यतालाई नेपालको राजतन्त्रका अगाडि आत्मसमर्पण गराएनन् । आखिरमा नेपालको राजतन्त्रले उनलाई यस्तो शत्रु ठान्यो जसका कारण उनको मृत्युपछि उनको शवलाई नेपाल ल्याउन मात्रै नदिइ उनको एउटा सानो अस्तु ल्याउन समेत प्रतिवन्ध लगायो ।
मोहनविक्रम सिंहले आफूलाई एउटा राष्ट्रवादी नेताका रुपमा लामो समयदेखि प्रस्तुत गर्दै आएका छन्, त्यसमा तुलनात्मक रुपले उनले उठाएका केही विषयहरु सही पनि होलान, तर उनको पछिल्लो अवस्थामा आएर त्यसमा पनि स्खलन हु“दै गएको छ । यसका पछाडि दुइटा कारण देखिन्छन्– प्रथम एमाले, खासगरी ओली र वामदेवसितको उनको चुनावी सौहार्दता र दोस्रो प्रचण्ड र बाबुरामसितको मित्रता । जनयुद्ध त्यागेर संशोधनवादी मार्गमा आएपछिको उनको दाहालसितको मित्रता, यसले के देखाउछ भने उनी सारमा त्यही चाहन्थे जो अहिले ओली र दाहाल गर्दैछन् । उनका लागि नेकपा(क्रान्तिकारी माओवादी) एउटा जातीवादी र अराजकतावादी पार्टी भएको छ । जसरी एक समय झापा आन्दोलनका नेताहरु, जो झापा आन्दोलनको स्पिरिटलाई आदरका साथ हेर्दथे, तर मोहनविक्रम त्यसलाई व्यक्तिवादी र अराजकतावादीको बिल्ला भिराउ“दथे । अनि माओवादी जनयुद्धलाई पनि उनले कहिल्यै सकारात्मक रुपले लिएनन् ।
अहिले ती सबै जब संसदीय प्रक्रियामा समाहित भए, ती सबै मित्र शक्ति भए । उनका लागि संघीयताको विरोध जनताका आ“खामा छारो सिवाय केही होइन । किनभने एकातिर संघीयताको विरोध गर्ने अर्कोतिर त्यही लोकतान्त्रिक संघीय गणतन्त्रको संविधानलाई कार्यान्वयन गर्न गाउँपालिका, नगर पालिका र संघीय तथा प्रदेश संसदमा आफ्ना नेता तथा कार्यकर्तालाई पठाउने मात्रै नभई यही प्रतिक्रियावादी सरकारमा मन्त्री हुन लालायित बन्ने १ यो कस्तो दोहोरो चरित्र प्रदर्शन हो ? जनता बुझन चाहन्छन् । भारतीय शासकवर्गको नेपालमाथिको हस्तक्षेपको विरोध पनि त्यस हदसम्म जबसम्म ओलीको विरुद्ध त्यो आन्दोलन लक्षित नहोस् । सारमा उनी अहिले क्रान्तिकारी कम्युनिस्टहरुका विरुद्ध संसदवादी र दक्षिणपन्थी नव संशोधनवादी, प्रतिक्रियावादी नामधारी कम्युनिस्टहरुसित गठवन्धन गरिरहेका छन् । यसरी उनको भूमिका सिद्धान्त र विचारका हिसावले मध्यपन्थीको बन्न गएको छ । जनधारणा साप्ताहिक