काठमाडौं / आफ्नै श्रीमतीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० माउण्ट कैलाशडाँडा कपन डेरा गरि बस्ने ४० वर्षीय सुबास राईलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै डेरा कोठामा ३५ वर्षीया श्रीमती प्रमिला राईलाई सामान्य विवादमा सुबासले चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चावहिल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।


















