फ्रेन्च लिग वानको उपाधि पीएसजीले हातपार्‍यो

172

काठमाडौं – फ्रेन्च लिगको वान फुटबलको उपाधि पेरिस सेन्ट जर्मन (पीएसजी) ले पाँच खेल अगाडि नै जितेको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा मोनाकोलाई ३(१ ले हराउँदै पीएसजीले उपाधि पक्का गरेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पेले फ्रेन्च गरे । एमबाप्पेले १५, ३८ र ५५ औं मिनेटमा गोल गरेका थिए । मोनाकोका लागि गोलोविनले ८० औं मिनेटमा एक गोल फर्काए ।

अर्को खेलमा दोस्रो स्थानको लिलेले टुलससँग गोलरहित बराबरी खेलेपछि पीएसजी फ्रेन्च लिग वान फुटबलको च्याम्पियन बनेको हो ।

मोनाकोविरुद्धको खेलमा नेइमारले पनि पुनरागमन गरेका थिए ।  यद्यपी फुटबलको उपाधि चोटग्रस्त भएपछि उनले अघिल्ला खेल खेलेका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here