एकैदिन काेराेना संक्रमित २८ जना थपिए

74

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय २० पिसिआर परीक्षणका क्रममा ७ जना र १ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ५४ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here