आज पनि सेयर काराेबारमा उच्च अङ्ककाे गिरावट

90

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको कारोबार मापक परिसूचक मङ्गलबार ४५.५९ अङ्कले ओरालो लागेर दुई हजार २०.२३ मा ओर्लेको छ।

यस्तै, ठूला कम्पनीको शेयर कारोकार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.२४ अङ्कले ओरालो लागेर ३८९.१२ मा ओर्लेको छ।

कूल २३४ कम्पनीको ३८ लाख ८७ हजार ७४८ कित्ता शेयर रु एक अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ मूल्यमा खरिद बिक्री भए। मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण समेत न्यून भई रु २८ खर्ब ७७ अर्ब असी करोड करोड ३२ लाख ५० हजार बराबर भएको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु ६ करोड ११ लाख ८८ हजार ६८३ बराबरको कारोबार भयो।

यस्तै, कुमारी बैंक रु पाँच करोड ८८ लाख २४ हजार, हिमालयन डिस्टिलरी रु तीन करोड ७५ लाख २० हजार २२४, शिवम् सिमेन्ट रु तीन करोड २० लाख ७७ हजार र नबिल बैंक रु दुई करोड ९० लाख ४६ हजार ५९७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन्।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा उपकार लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो। बलेफी हाइड्रोपावर ९.९८, माउण्टेन हाइड्रो नेपाल ३.८२, नारायणी डेभलपमेन्ट बैंक ३.७२ र आरबीबी म्युचुअल फण्ड एकका लगानीकर्ताले ३.७० प्रतिशतले कमाएका छन्। त्यस्तै, हिमालयन बैंक ९.९७, सपोर्ट माइक्रोफाइनान्स ५.९९, समता घरेलु लघुवित्त ५.६३, जनउत्थान सामुदायिक लघुवित्त ५.५१ र एनएमबी–५० का लगानीकर्ताले ५.५१ प्रतिशतले गुमाए।

उता शेयर बजारको सुधारको माग राख्दै केही समूहले आज नेपाल स्टक एक्सचेञ्जको कार्यालय परिसर भद्रकाली प्लाजामा प्रदर्शन गर्न खोजेका थिए। निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here