राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग गर्ने दुई पक्राउ

213

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुने तस्विर सामाजिक संजालमा पोष्‍ट गरेको आरोपमा प्रहरीले दुई जनलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पाल्पा परान्दी गाउँपालिकाका निर्मल गैरे र रुपन्देही शंकरनगर गाबिसका यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट पक्राउ गरिएको हो ।

दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here