काठमाण्डौं / नेपाल परिवार दलको केन्द्रीय कार्य समितिको बैठक आईतबार राजधानीमा सम्पन्न भएको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिक बिषयमा छलफल गरि विभिन्न निर्णय छ ।
बैठकले सरकारको कार्यको समिक्षा गदै सरकारले लिएको ‘सुखी नेपाली, सम्बृद्ध नेपाल’ अभियानलाई पूर्ण रुपमा सफल बनाउन सहयोग गर्ने निर्णय गरेको छ । बैठकले हालै नेपालमा सम्पन्न भएको एसिया प्यासिफिक शिखर सम्मेलनले अन्तराष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा उच्च बनाएको, नेपालको पर्यटनको बिकास गरेको, जलवायु परिवर्तन बारे चेतना विकास गरेको तथा नेपालको सफल शान्ति प्रकृयालाई विश्व मञ्चमा पुरयाउन महत्वपुर्ण सहयोग पुगेको ठहर गरेको छ ।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लियको बाटो सहि रहेको ठहर गर्दै जनआकांक्षाको सम्बोधन गर्न थप प्रभावकारी ढंगबाट परिणाममुखी कार्य सम्पादन गर्न पनि सुझाव दिएको छ । सरकारले गर्ने राजनीतिक नियुक्तीमा योग्यता ,क्षमता र क्षेत्रगत बिषयलाई आधार बनाएर गर्न पनि बैठकले आग्रह गरेको छ । राष्ट्रिय मुद्धाहरुमा सबै पक्ष एकजुट भएर अघि बढ्ने बाताबरण सृजना गर्न पनि सरकारलाई आग्रह गरेको छ । यस्तै बैठकले निर्मला पन्तको बलत्कार पछि भयको हत्याको बारेमा तदरुपताको साथ छानबीन गरी सत्य तथ्य तुरुन्त सार्बजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेको छ ।
बैठकले परिवार दलका जिल्ला समन्वय समितिहरुलाई आबस्यकताअनुसार पुर्नगठन गदै संगठन बिस्तारलाई तिब्रता दिने तथा जनपक्षीय कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले गोकर्णेश्वर नगरपालिका ८ निवासी श्री राजेश बिष्टलाई परिवार दलको काठमाण्डौ जिल्ला समन्वय समितिको अध्यक्षको जिम्मेबारी दिएको छ । बैठकले दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालको सुरक्षा सम्बन्धमा गम्भीर चासो ब्यक्त गर्दै उचित सुरक्षा व्यवस्था गर्न सरकार संग माग गरेको छ ।


















