घुँडा सम्बन्धि समस्या भएकाहरुलाई निःशुल्क परामर्श तथा परीक्षणका लागि मेडिसिटी अस्पतालको देशव्यापी बृहद् स्क्रिनिङ्ग टुर

264

ललितपुर / घुँडा सम्बन्धि समस्या भएकाहरुलाई निःशुल्क परामर्श तथा परीक्षणका लागि नेपाल मेडिसिटी अस्पतालले देशव्यापी बृहद् स्क्रिनिङ्ग टुरको आयोजना गरेको छ ।

 घुँडा सम्बन्धि समस्याका कारण हिडडुल गर्न नसक्ने र गुणस्तरीय जीवनयापनबाट विमुख भएकाहरुलाई यसप्रकारको कार्यक्रमले सहयोग पुग्ने छ । आफ्नै घरआंगनमा समस्या पहिचान र विशेषज्ञ चिकित्सकबाट उपचार समेत हुने भएकोले विरामीहरुले यस कार्यक्रमबाट लाभान्वित हुने छन् ।

 घुँडा दुख्ने, घुँडा बांगिएको, उमेरको कारणले घँुडा खिइएको, बाथरोगको कारणले घँुडाको समस्या भएका, जोर्नी खिइएका तथा नशा च्यातिएको समस्या र खेलकुदको कारणले घुँडामा चोटपटक भएका व्यक्तिहरुलाई जोर्नी सम्बन्धि समस्या हुने र उनीहरुको जोर्नी प्रत्यारोपण सम्मको उपचार आवश्यक पर्ने भएकोले, नेपाल मेडिसिटी अस्पतालले सहुलियत दरमा जोर्नी प्रत्यारोपणको प्याकेजको ब्यवस्था गरेको छ ।

काठमाडौमा केही महिना अघि गरिएको यसप्रकारको शिविरबाट करिब ५ सय जना विरामीहरुले निशुल्क परामर्श तथा परीक्षण गरी ५० जनाको घुँडाको जोर्नीको सफल प्रत्यारोपण गरिएको थियो । सोही कार्यक्रमलाई देशभरी लगी बढी भन्दा बढी विरामीहरुलाई लाभान्वित गर्ने नेपाल मेडिसिटी अस्पतालको योजना रहेको छ ।

जोर्नी प्रत्यारोपण गर्दा जोर्नीको बिग्रेको भागलाई निकालेर त्यसको ठाँउमा कृत्रिम जोर्नी राखिन्छ जुन धातु र प्लाष्टिकजन्य पदार्थबाट बनेको हुन्छ । यस उपचारमा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. शिशिर लाखे, डा. राज राणा लगायतका टोली संलग्न रहनु हुनेछ ।

नेपाल मेडिसिटी अस्पतालले अत्यन्त न्यून शुल्कमा जोर्नी प्रत्यारोणको प्याकेज उपलब्ध गराएको कारणबाट धेरै विरामीहरु यसबाट लाभान्वित हुनेछन् । ३ लाख ८० हजार रुपैयामा शल्यक्रिया, युएस एफडिए इम्प्लाण्ट, औषधि र सम्पूर्ण उपचार सामाग्री, ७ दिनको सिंगल क्याबिन, आई.सि.यु., फिजियाथेरापी लगायत सेवाहरुलाई एकै प्याकेजमा उपलब्ध गराएको छ ।


यस स्क्रिनिङ्ग टुर नेपालका निम्नानुसारका सहरहरुमा निम्न मितिहरुमा आयोजना गरिएको छ ।
– हेटौडाको चुरे हिल हस्पिटलमा कार्तिक २८ गते
– बिरगञ्जको बिरगञ्ज हेल्थ केयर हस्पिटलमा कार्तिक २९ गते
– जनकपुरको जानकि मेडिकल कलेजमा मंसीर २८ गते
– धरानको मञ्जुश्री पोलिक्लिनीकमा पुस १ गते
– दमकको लाइफ लाइन हस्पिटलमा पुस २ गते
– बुटवलको लुम्बीनी सिटी हस्पिटलमा पुस १२ गते
– पोखराको विभुति हस्पिटलमा पुस १४ गते
– धनगढीको कैलाली हस्पिटलमा पुस २४ गते
– नेपालगञ्जको नेपालगञ्ज मेडीकल कलेज कोहलपुरमा पुस २६ गते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here