काठमाडौं / चोरी गरी ल्याउँदै गरेको मोटरसाइकल सहित बारा सिमरा घर भई हाल काठमाडौं जोरपाटी बस्ने २१ वर्षीय सुबाष तामाङ र काठमाडौं चावहिल बस्ने २१ वर्षीय प्रदिप नेपालीलाई मंगलबर बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-५ कालोपुलस्थित प्रहरीले जाँच गर्नेक्रममा बा९६प ७१७७ नम्बरको मोटरसाइकल चोरी गरी ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।


















