मोरङ / विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली छठ पर्वको कठोर व्रत बस्दै पूजाका लागि १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्नेछन् ।
मंगलबार दिउँसो १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र मनिषसंगै दण्ड प्रणाम गर्दै निस्किएका पराजुलीले तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने उनका सहयोगी कौशल निरौलाले जानकारी दिए ।


















