काठमाडौंमा १२ देशका उच्च अधिकारीको बैठक शुरू

94

 काठमाडौं /  बिहीबारबाट काठमाडौंमा वैदेशिक रोजगारीका लागि कामदार पठाउने १२ देशका उच्च अधिकारीको बैठक शुरू भएको छ । शुक्रबार मन्त्रिस्तरीय बैठक बस्नेछ ।  बैठकले ३० गते हुने मन्त्रीस्तरीय बैठकका लागि कार्यसूची, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्नेछ। सोही आधारमा मन्त्रीस्तरीय बैठकले आवश्यक निर्णयहरु लिनेछ।

बैठकमा अन्तराष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्ने श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्रालयले जनाएको छ। बैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो। अन्तराष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रिय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित छ।

कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम रहेका छन्।

वैदेशिक कामदारहरुको हक र अधिकारको प्रवर्द्धन, सेवा र सुविधाको संरक्षणका अतिरिक्त नयाँ गन्तव्य बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई कोलम्बो प्रोसेसले आफ्नो स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको छ।

मन्त्रिस्तरीय बैठक कोलम्बो प्रोसेसको बैठकमा बिश्वब्यापी आप्रवासनलाई सुरक्षित बनाउन सदस्य देशले, क्षेत्रिय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषय तथा यसलाई कार्यान्वयनको क्रममा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरुले अवलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्नसक्ने लाभका विषयमा प्रस्तुति एवं छलफल गरिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here