काठमाडौ, बुधबार दिउसो परराष्ट्रमन्त्रालयले एउटा विज्ञप्ति जारी ग¥यो । विज्ञप्तिमा ज्वालामुखीका कारण आएको सुनामीमा परि इन्डोनेशियामा ज्यान गुमाएकाहरुप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले समकक्षी जोको विड्डोलाई बधाई दिएको उल्लेख गरिएको थियो । खासमा भण्डारीले विड्डोलाई समवेदना दिएको उल्लेख गर्नुपर्ने तर परराष्ट्रले सम्प्रेषण गरेको पत्रमा बधाई दिएको उल्लेख गरिएको थियो । मन्त्रालयले केही समय पछि नै गल्ती भएको भन्दै पुन सच्याइएको विज्ञप्ति जारी गरेको थियो ।
मंगलबार मात्र कालिकोटमा भएको आगलागीका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ट्वीट गरेको भन्दै राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेको थियो । कुनै महत्वपूर्ण विषय वा दुुःखद क्षेणमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया जनाउने प्रक्रिया सामान्य हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोलीले समेत महत्वपूर्ण विषयमा ट्वीटमार्फत आफ्नो प्रतिक्रिया जनाउँछन् । तर नेपालमा भने सामाजिक सञ्जालमा राष्ट्रपतिले बोलेको विषयमा समेत विज्ञप्ति जारी भएपछि सामाजिक सञ्जालमा व्यंग गरिएको छ । साथै समवेदनाको सट्टामा बधाई उल्लेख गरिएको विषयमा व्यापक आलोचना समेत भइरहेको छ ।


















