घुस दिने ट्रक चालक पक्राउ

413

काठमाडौं / काठमाडौं महानगरपालिका-१० स्थित बुद्धनगरचोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिने बा २ ख ८१२९ नम्बरको मिनिट्रकका चालक जित बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

चालकले मिनिट्रकको कागजपत्र नभएको भनि प्रहरीलाई नगद १ हजार रूपैयाँ घुस दिएकोले निज तामाङलाई महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर चोकमा सवारी साधन जाँच गर्ने क्रममा घुसदिने ना। ५ ख ७१८१ नम्बरको ट्रक चालक मुरतुजमिया चुरियारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । रूट प्रमिट कागजको भित्र नगद २ सय रूपैया राखी प्रहरीलाई घुस दिएकोले निज चुरियारलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

दुवै चालक र सवारी साधन नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here