काठमाडौ, २९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी मङ्सिर १७ देखि २८ गतेसम्म पोल्याण्डको कातोभिचमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन पोल्याण्ड जाने तय भएको छ । पाँचदिवसीय भ्रमणमा राष्ट्रपति भण्डारी मङ्सिर १५ गते त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
सन् २०३० मा अल्पविकसित देशको सूचीबाट स्तरोन्नति गर्न भारी रकमको आवश्यकता पर्ने भएकाले त्यस्तो सहायता जुटाउन पनि राष्ट्रपतिको आसन्न भ्रमण सहयोगी हुने मन्त्री ज्ञवालीको भनाई छ ।















