प्रहरी बलका डीएसपी पक्राउ

71

काठमाडौं । सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरास्थित बाहिनीमा कार्यरत एक डीएसपी छन्।

रेस्टुरेन्टमा महिलाको निजी फोटो तथा भिडियो खिचेको आरोपमा उनलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो। स्वयम्भूस्थित एक रेस्टुरेन्टमा शनिबार प्रेमीसहित गएकी एक युवतीको उनले फोटो तथा भिडियो खिचेको आरोप लागेको छ।

अनुमतिबिना कसैको फोटो तथा भिडियो खिच्न नपाइने गोपनीयतासम्बन्धी ऐनको कसुरअन्तर्गत उनलाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here