मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु

504

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

मातृ भाषा बोल्न नजान्न्नेलाई लक्षित गरी गाउँपालिकाले पहिलोपटक पाठशाला सञ्चालन गर्न लागेको हो । यसका लागि गाउँपालिकाले रु तीन लाख बजेट विनियोजन गरिसकेको छ ।

पाठशालामा भाषा सिक्न इच्छुक हुने अन्य गैरजातिलाई पनि समावेश गर्न सकिने गरी व्यवस्था मिलाइको छ । विशेषगरी गुरुङ, मगर तथा नेवार समुदायको बाहुल्यता रहेको बन्दीपुरमा आदिवासी जनजातिको भाषा संरक्षणमा सहयोग पु¥याउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । जनजातिको बाक्लो बस्ती रहेको यस गाउँपालिकामा आफ्नो मातृभाषा बोल्न नजान्ने हुँदा भाषा मर्दै गएकाले त्यसको संरक्षण गर्न मातृभाषा कार्यक्रमलाई प्राथामिकतामा राखेर सञ्चालन गर्न लागेको हो ।

बन्दीपुरमा गुरुङ, मगर, नेवारलगायतका विभिन्न जनजातिको बाहुल्यता रहेको छ ।मातृभाषा पाठशाला शुरु गर्ने तयारी गरिरहे पनि देशमा भएको विषम परिस्थितिका कारण तत्कालै सञ्चालनमा ल्याउन नसकिएको हो । आफ्नो भाषाप्रतिको मोह बढाउन र संस्कृतिको जगेर्ना गर्न गाउँपालिकाले नयाँ उपाय अवलम्बन गरेको गाउँपालिका कार्यालयले जनाएको छ ।

लोप हुन लागेको संस्कृतिलाई जीवन्त राख्न गाउँपालिकाले मातृभाषालाई संरक्षण गर्न प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो । विभिन्न जनजातिको कक्षा सञ्चालन गरी भाषा संरक्षणका बारेमा जानकारी गराइने छ ।

भाषा संरक्षण र त्यसको जगेर्नाका लागि चलनचल्तीको भाषा बोल्न लगाइने छ ।उक्त मातृभाषा सिक्नका लागि आउने सङ्ख्या भने यकिन नगरिएको गाउँपालिकाले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here