रामेछाप । मन्थली नगरपालिका-१३ चिण्डेको भुजेल टोल बस्ने परमेश्वरी भुजेलको घर र सोही ठाउँ बस्ने गोपाल घर्तिको घरसँगै जोडिएको गोठ अविरल वर्षाको कारण सोमबार राति आएको पहिरोले पुरिएको छ ।
पहिरोमा पुरिँदा १० वटा बाख्रा, १ वटा बंगुर, अन्नपात, लत्ताकपडा गरी करिब ११ लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ । पहिरोका कारण सोही ठाउँ बस्ने १७ घर धुरीजोखिममा परेका छन् ।
प्रहरी चौकी फलांसीबाट खटिएको प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

















