नेपालका युवा वैज्ञानिक बानियाँ अवार्डको लागि मनोनीत

97

काठमाडाैं । बागमती युनेस्को क्लबका अध्यक्ष निश्चल बानियाँ युवा वैज्ञानिक अवार्डको लागि मनोनीत भएका छन्।

यही नोभेम्बर १५ मा बेलायतमा हुन गइरहेको सो अवार्ड कार्यक्रमको लागि युरोपियन साइन्स कन्फरेन्सले बानियाँलाई मनोनीत गरेको हो।

उनले कार्वन क्याप्चर प्रविधिमा पुर्‍याएको योगदानलाई प्रोत्साहन गर्दै कार्यक्रमको आयोजक कमिटीले बानियाँलाई मनोनीत गरेको हो।

बाइस वर्षीय बानियाँ हाल चीनको जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीबाट केमिकल इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा स्नातक गरिरहेका छन्।  बायो इन्धन, ‌इन्डस्ट्रियल वेस्ट वाटर ट्रिटमेन्ट, कोभिड-१९ लगायत टिस्यु इन्जिनियरिङ उनको अध्ययन अनुसन्धानका विषय हुन्। यससँगै उनी हाल जेजियाङ विश्वविद्यालयको ल्याबोरेटरी अफ अर्गानिक केमिस्ट्रीमा अनुसन्धान सहायकको रूपमा पनि काम गर्छन्।

त्यस्तै उनी अमेरिकाको वर्ल्ड एकेडेमी अफ साइटिस्टले प्रकाशन गर्ने नर्थ अमेरिकन एकेडेमिक रिसर्च जर्नलका सहायक सम्पादक पनि हुन्। मिटिङस् इन्टरनेसनल फ्रम सिङ्गापुर २०२० ले पनि बानियाँलाई केमिकल इन्जिनियरिङमा उनले पुर्‍याएको योगदानको लागि युवा वैज्ञानिकको अवार्ड दिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here