काठमाडौं – कोरोना संक्रमितको संख्या विश्वमा २ करोड १२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १२ लाख ६० हजार ७६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार २३२ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको भन्दा किनै धेरै कम हो । हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ६१ हजार १८ पुगेको छ ।
अघिल्लो २४ घण्टामा ९ हजार ९८५ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरिएको छ ।
विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ६१ हजार १८ जनाको ज्यान गइसकेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।
अहिलेसम्म विश्वभर कोरोना संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।


















