एक थान भरुवा बन्दुक बरामद

276

वाग्लुङ । तमानखोला गाउँपालिका-२ बेशिपाखास्थित जंगलबाट १ थान एकनाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी वोङगादोभानबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त जंगलमा रुखमुनि काई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here