मृत अवस्थामा फेला

69

काठमाडौं । सोलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिका-२ राई गाउँ बस्ने २९ वर्षीय असिम बस्नेत घरबाट करिब ७ सय मिटर टाढा जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । घरबाट कसैलाई नसोधि सोमबार हिँडेका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त जंगलमा उनको शव फेला परेको हो ।

महोत्तरीकाे बर्दिबास नगरपालिका-१ स्थित कटुवाल खोलाको छेउमा सोही ठाउँ बस्ने ७३ वर्षीय सरुणे कामी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङकाे बिराटनगर महानगरपालिका-११ स्थित घर अगाडी पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here