आज राति निगमको जहाज दश लाख डोज खोप ल्याउन बेइजिङ जाँदै

60

काठमाडौं । कोरोना भाइरसविरुद्ध सिनोफार्मको भेरोसेल खोप ल्याउन आज राति नेपाल वायु सेवा निगमको जहाज बेइजिङतर्फ जाँदैछ ।

यो खेपमा कम्तिमा पनि १० लाख डोज खोप ल्याउने बताइउको छ । खोप ल्याएर उक्त जहाज भोलि बिहान ६ बजे काठमाडौं आइपुग्ने तालिका छ ।

सो जहाज भोलि राति पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ । पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले नन–डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here