महिला टी–२० स्मास प्रतियोगिता थाइल्यान्डमा,नेपाल समूह ‘ए’ मा

347

काठमाडौं / क्रिकेट एसोसिएसन अफ थाइल्यान्डको आयोजनामा महिला टी–२० स्मास प्रतियोगितामा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले सहभागिता जनाउने भएको छ। थाइल्यान्डमा हुने सो प्रतियोगिता आगामी पुस २८ देखि माघ ५ सम्म संचालन हुनेछ।

आइसिसीकी नेपाल प्रतिनिधि घिमिरेका अनुसार नेपालले प्रतियोगिता खेल्ने पक्का भए पनि प्रशिक्षक र खेलाडी छनोटबारे अहिले तय भएको छैन। प्रशिक्षकका लागि आइसिसीलाई पत्राचार गरिनेछ।

प्रतियोगितामा नेपालसहित ९ देशका राष्ट्रिय टिमले भाग लिनेछन्। थाइल्यान्डको भने २ टिम हुनेछन्। प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। नेपाल रहेको समूहमा यूएई, मेलेसिया, नामिबिया र थाइल्यान्ड ए टिम रहेका छन्। समूह बीमा थाइल्यान्ड, हङकङ, इन्डोनेसिया, म्यानमार र भुटान रहेका छन्।

प्रतियोगिताको खेल तालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here