यस्तोमा बलिउड सेलिब्रेटीहरुले विवाह तथा अन्य किसिमको पार्टीमा गएको केही निश्चित शुल्क लिने गरेका छन् । साथै उनीहरुलाई पार्टीमा राम्रो सम्मान पनि दिनुपर्ने हुन्छ । कुन भारतीय स्टारले पार्टीमा गएको कति खर्च लिन्छन् त ?

१) शाहरुख खान
शाहरुख खानले कुनै पार्टीमा सहभागी भएर नाचगान गरेको ३ करोड भारतीय रुपैयाँ शुल्क लिने गरेका छन् । उनी कुनै पनि समारोहमा जाँदा उक्त परिवारमा घुलमिल गरी वातावरण रमाइलो पनि बनाउने गरेका छन् ।

२) प्रियंका चोपडा
पछिल्लो समय नायिका प्रियंका चोपडा पनि व्यस्त नायिकामध्येकी एक हुन्। उनले कुनै पार्टीमा सरिक भएको २ करोड ५० लाख लिने गरेकी छिन्। यद्यपि पछिल्लो समय भने उनले आफ्नो मूल्य कम गर्दै १ करोड ५० लाख रुपैयाँ लिन थालेकी छिन्।

३) कट्रिना कैफ
भारतीय अभिनेत्री कट्रिना कैफले पनि कुनै विवाह पार्टीमा गएर नाचगान गरेको २ करोड ५० लाख रुपैयाँ शुल्क लिने गरेकी छिन्। पछिल्लो समय उनी फिल्मभन्दा बाहिरका कामहरुमा सक्रिय हुन थालेकी छिन्।

४) अक्षय कुमार
अक्षय कुमारलाई भने कुनै पार्टीमा बोलाउँदा निकै कम मात्र नाच्ने गर्छन्। उनको आगमनले माहोल नै छुट्टै हुने गर्छ। उनले एउटा पार्टीमा सहभागी भएको २ करोड ५० लाख लिने गर्छन् ।

५) रणवीर सिंह
रणवीर सिंह कुनै पार्टीमा जानको लागि १ करोडको शुल्क लिने गर्छन् ।


















