आजदेखि एम्बुलेन्स खरिद गर्दा एक प्रतिशत मात्रै भन्सार महसुल लाग्ने

242

काठमाडौं / नयाँ आर्थिक वर्ष २०७६ ७७ आज बुधवारबाट शुरु भएको छ । सरकारले बजेटमार्फत लिएका नयाँ नीति र घोषणाहरु आजैबाट कार्यान्वयनमा जानेछन् । सरकारले स्वास्थ्य तथा जनसंख्या क्षेत्रका लागि यस आर्थिक वर्षमा रु ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । आजैबाट स्थानीय सरकारले एम्बुलेन्स खरिद गर्दा भन्सार महसुलमा छुट पाउने छन् । सरकारले आर्थिक वर्ष २०७६र७७ बजेट प्रस्तुत गर्दै अब स्थानीय सरकारले एम्बुलेन्स खरिद गर्दा एक प्रतिशत भन्सार महसुल लाग्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिका र महानगरपालिकाले आयात गर्ने क्रमश दुई, तीन र चार थान एम्बुलेन्समा एक प्रतिशत भन्सार महसुल लाग्ने भएको छ । सरकारले कतिपय गत वर्षकै योजनालाई यसवर्षपनि निरन्तरता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here