फेसएपच्यालेन्ज एप प्रयोगकर्ताहरु होशियार ! मोबाईल विवरण अन्त जाला

106

एजेन्सी / के तपाईलाई बुढो हुने रहर छ ? संसारका मानिसहरुले अत्याधिक प्रयोग गर्ने ईन्टरनेटमा हालै मात्र ‘फेस एप’ भन्ने नयाँ मोबाईल एप्लिकेसनले बजार तताईरहेको छ। समाजिक संजालहरुमा उक्त एपले आफ्नो बुढेसकालको तस्विर बनाएर हाल्ने प्रतिस्पर्धा जस्तै चलिरहेकोछ ।

फेसबुक, ट्विटर, ईन्स्टाग्राम आदी लगायत एपहरुमा उक्त फेसएप बाट बनाईएका बुढेसकालका फोटाहरु हाल्ने क्रम बिश्वब्यापी रहेको छ। फेसएप अहिले आईओएस र एण्डरोईडमा सबैभन्दा बढी डाउनलोड भैरहेको एप हो। सन् २०१७मा रुसमा निर्मित उक्त एप अहिले भाईरल भैरहेको छ।

उक्त एपले प्रयोगकर्ताहरुको सबै सुचना लिने र त्यस्लाई जहिले जुनसिकै बेला जता नि पनि प्रयोग गर्न सक्ने खतरा रहेको आईटी बिज्ञहरुको धारणा छ। उक्त एपले आफ्नो सम्झौतामा एप मार्फत प्रयोग भएको सामाग्रीहरु जुनसुकै बेलामा पनि पुनः प्रयोग गर्न सकिने र उक्त प्रयोगको कुनै पनि आर्थिक फाईदा प्रयोगकर्तालाई नहुने भनेर स्पष्ट लेखेको छ। उक्त एपले अहिले संचालनमा रहेका मिडियाहरु र भविष्यमा आउने मिडियाहरुमा पनि उक्त सामाग्रीहरु पुनः प्रयोग गर्न सकिने जनाएका छन् ।

यस्तो सम्झौता रहेको एपमा प्रयोगकर्ताको अनुमति बिना क्यामेरा रोलका अरु फोटोहरु पनि पर्योग हुन सक्ने तर्फ बिज्ञहरुले शंका गरेका छन्। क्यामेरा रोल बाहेक मोबाईलमा रहेका अरु महत्वपुर्ण ब्यक्तिगत सुचनाहरु पनि भविष्यमा अरुको हातमा पुग्न सक्ने खतरा तर्फ सचेत रहन पनि आग्रह गरिएको छ। मानिसहरु अहिले  फेसएपच्यालेन्ज भनेर सामाजिक संजालहरुमा रमाईरहेका छन् तर उक्त एपबाट भोलिका दिनमा आउन सक्ने खतरा तर्फ सजग रहन भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here