भक्तपुर / रामेछाप बेथान गाउँपालिका-४ घर भई हाल सूर्यविनायक बस्ने २२ वर्षीय रामलाल तामाङलाई सालकको खपटा सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सूर्यविनायक नगरपालिका-६ स्थित चोकबाट तामाङलाई सालकको खपटा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















