७ वर्षीया बालिकालाई जबरजस्ती करणी

121

पाल्पा / ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत घर भई रामपुर नगरपालिका-४ स्लामपुरस्थित मिस्त्री काम गरी बस्ने २१ वर्षीय कउशर मियालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका बस्ने ती बालिकालाई जबरजस्ती करणी गरी फरार भएकोमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई सोही नगरपालिकाको सदावर्तस्थित खेतमा लुकिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here