तनहुँ / भानु नगरपालिका-४ जोखान बस्ने ४ वर्षीया अस्मिता लम्सालको बाघको आक्रमणमा परी बिहीबार दिउसो मृत्यु भएको छ ।
घर नजिकै खेलिरहेको अवस्थामा उनलाई बाघले आक्रमण गर्दा गम्भीर घाइते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















