पार्टीबाट निर्णय नगराई राजदूत नियुक्तिको निर्णय

90

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मुलुकमा राजदूतका लागि मन्त्रिपरिषदबाट सिफारिसको निर्णय पार्टीमा कुनै सल्लाह नगरी गरिएको गुनासो पार्टीभित्रबाट सुरु भएको छ ।

पार्टीबाट निर्णय नगराई राजनीतिक नियुक्तिको निर्णय गरेको जनाइएको छ । शीर्ष तहमा छलफल समेत गरेनन्।

‘अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग समेत प्रधानमन्त्री ओलीले सल्लाह गर्ने र सम्मति लिने काम नगरेको बुझिएको छ’ नेकपाका एक शीर्ष नेताले सञ्चार माध्यमसँग भने, ‘ओलीको यस्तो कार्यशैलीसँग प्रचण्ड पनि सन्तुष्ट हुनुहुन्न।’

‘राजदूत लगायतका राजनीतिक नियुक्तिका लागि पार्टीको निर्णय आवस्यक हुन्छ तर राजदूत नियुक्तिका लागि पार्टीको कुनै तहको बैठक भएको छैन’ स्रोतले भन्यो, ‘विशुद्ध ओलीको तजबिजका आधारमा राजदूत सिफारिसको निर्णय गरियो।’

कार्तिक लागेयता पार्टीको केन्द्रीय सचिवालयको बैठक समेत डाकिएको छैन। राजदूत सिफारिसको वरिपरि पार्टीका निकायको बैठक नडाकिएकाले पनि पार्टीको निर्णय बिना राजदूत सिफारिसको निर्णय गरिएको पुष्टि हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here