काठमाडौं / वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान प्रहरी टोलीले हिजो बिहिबार संरक्षित वन्यजन्तुको दाह्रा थान- ७ वरामद गरेको छ ।
काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं-६ जोरपाटी, नारायणटारबाट अवैध रुपमा संरक्षित वन्यजन्तुको दाह्रा (आखेटोपहार) खरिद बिक्री गर्न ओसारपसार गरी ल्याई साथमा बोकी राखेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ मानिसहरु :
१) जिल्ला दोलखा गौरीशंकर गाँउपालिका वडा नं ९ बस्ने बर्ष २८ को नुर्बु शेर्पा ।
२) जिल्ला मकवानपुर भिमफेदी गाँउपालिका वडा नं १ बस्ने बर्ष ३८ को देवलाल मोक्तान ।
३) जिल्ला मकवानपुर, बकैया गाँउपालिका वडा नं। १२ बस्ने बर्ष २७ को दिपक लामा ।
४) जिल्ला मकवानपुर बकैया गाँउपालिका वडा नं। १२ बस्ने बर्ष ४० को गोकुल घले ।
५) जिल्ला सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नं। २ बस्ने बर्ष ३२ को रबि लामा ।
६) जिल्ला नुवाकोट साविक मनकामना गा।वि।स। वडा नं। १ बस्ने बर्ष २८ को सुब्बा तामाङ ।

















