पृथ्वीभन्दा तीन गुणा ठूलो ‘सुपर अर्थ’ फेला

209

वैज्ञानिकहरुले ‘सुपर अर्थ’ नामको ग्रह पत्ता लगाएर ठूलो सफलता हात पारेका छन् । वैज्ञानिकहरुले सूर्यबाट नजिकको तारा बनार्ड परिक्रमा गर्ने ‘सुपर अर्थ’ नामको ग्रह पत्ता लगाएको दाबी गरेका छन् । उनीहरुकाअनुसार उक्त ग्रह पृथ्वीभन्दा तीन गुणा ठूलो र ६ प्रकाश वर्ष टाढा रहेको छ । यो ग्रह २० वर्षको सुक्ष्म अध्ययन, सात सय ७१ पटकको परीक्षण र सातवटा अत्याधुनिक उपकरणहरुको सहयोगबाट पत्ता लागेको जर्नल नेचरले जनाएको छ ।

सुपर अर्थ भनिएको यो ग्रहको सतहको तापक्रम सौर्यमण्डमा रहेको ग्रह शनिभन्दा चिसो रहेको वैज्ञानिकहरुले अनुमान गरेका छन् । यसको सतहमा बरफको मरुभुमि रहेको र तरल पानी नरहेको वैज्ञानिकहरुले विश्वास गरेका छन् । यसको अनुमानित तापक्रम माइनस दुई सय ७४ फरेनहाइट रहेकोे छ ।

टेलिस्कोपबाट हेर्दा अन्तरिक्षमा यो ग्रह अरु तारा भन्दा छिटो हिँडेको देखिन्छ किनकी यो सुर्यभन्दा अधिक गतिमा हिँड्छ । यो ग्रह बनार्ड स्टारलाई परिक्रमा गर्ने परिधि र बुधले सुर्यलाई परिक्रमा गर्ने परिधि समान रहेको दाबी गरिएको छ, जुन दुई सय ३३ दिन हुन जान्छ ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here