काठमाडौं / लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले नेपालमा कर्मचारीतन्त्र असफल भएको जनाएका छन् ।
‘नेपालको कर्मचारीतन्त्र असफल भयो । कर्मचारीहरु कामै नलाग्ने भए । मुलुकको विकास र समृद्धिमा कर्मचारीतन्त्रले सहयोग गरेन । कर्मचारीतन्त्रमा धेरै राजनीतिकरण भयो । यो राजनीतिकरणलाई खारेज गर्नुपर्छ ।’ बिहीबार रिपोर्टर्स क्लबको देउसी भैलो कार्यक्रममा उनले यस्तो जनाएका हुन् ।
उनले कर्मचारीमा काम, कर्तव्य र आफ्नो दायित्वप्रति जवाफदेहिता नदेखिएको आरोप लगाए । मैनालीले भने, काम नगर्ने कर्मचारीलाई हटाउनुपर्छ । जवाफदेही र सक्षम कर्मचारी भर्ना गर्नुपर्छ । कर्मचारीकै असक्षमताका कारण जति विकास हुनुपर्दथ्यो, त्यति हुन सकेन् ।


















