निकै भड्किलो विवाह र खर्च बलिउड सेलिब्रिटीहरुको, कसको कति ?

497

बलिउड सेलिब्रिटीहरुले भड्किलो र खर्चिलो बिहे गर्ने र चर्चामा आउने गरेका छन् । यहाँ केही त्यस्तै जोडीहरुबारे आज चर्चा गरौं :

Image result for deepika ranbir marriage image

दिपिका पादुकोण – रणवीर सिंह                                                                                                बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहले इटलीको लेक कोमोस्थित भिला डेल बालबियानेलोमा बिहे गरे । उनीहरुले बिहेको पार्टी भारतमा दिँदैछन् ।  निकै भड्किलो रहेको दिपिका र रणवीरको बिहेमा मिडियालाई पहुँच थिएन ।

बिहेको भेन्यूदेखि लिएर बेहुला–बेहुलीको पहिरनको खर्च सुन्दा जिभ्रो टोक्न वाध्य हुनुपर्छ । दीपिकाले लगाएको लहंगाको मूल्य ९ लाख भारु रहेको थियो । यस्तै उनको सेलिटेयर स्क्वायर सेपको औंठीको मूल्य थियो २ करोड ७० लाख भारु । होटल पनि उत्तिकै महंगो थियो ।

Related image

अनुष्का शर्मा–बिराट कोहली
अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीले अघिल्ले वर्षको ११ डिसेम्बरमा इटलीमै बिहे गरेका थिए । इटलीको टसकनी शहरको बोर्गो फिनोसिटो रिसोर्टमा भारतीय परम्पराअनुसार उनीहरुको बिहे भएको थियो । फोब्र्स म्यागजिनका अनुसार यो रिसोर्टमा एउटा कोठाको एक साताको भाडा उनीहरुले करिब डेढ लाख डलर तिरेका थिए ।

भेन्यूका अलावा अनुष्का र बिराटको कपडा, ईंगेजमेन्टको औंठी र रिसेप्सनमा प्रशस्त पैसा खर्च गरिएको थियो । सञ्चारमाध्यमका अनुसार बिराटले अनुष्कालाई डेढ करोड रुपैयाँको औंठी लगाइदिएका थिए । यसैगरी अनुष्काको लहेंगा ४५ लाख रुपैयाँको थियो ।

Image result for aish abhishek marriage imageऐश्वर्या राय–अभिषेक बच्चन
मात्र एक वर्ष डेट गरेपछि अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनले बिहे गरेका थिए । सन् २००७ को २० अप्रिलमा मुम्बईमा उनीहरुको बिहे भएको थियो । यो बिहे पनि उत्तिकै भड्किलो थियो । बिहेमा ऐश्वर्याले लगाएको कपडाको मूल्य मात्रै ७५ लाख भारु थियो । ११ वर्षअगाडि भएको बिहेमा ११ करोड भारु खर्च भएको थियो जुन ११ वर्ष अगाडिको हिसाबले निकै महंगो हो ।

Image result for shilpa raj marriage imageशिल्पा सेट्टी र राज कुन्द्रा
अभिनेत्री शिल्पा सेट्टीले व्यापारी राज कुन्द्रासँग २२ नोभेम्बर २००९ मा बिहे गरेकी थिइन् । बिहेमा राज कुन्द्राले शिल्पालाई ३ करोड भारुको आंैठी लगाइदिएका थिए । शिल्पाले लगाएको लहेंगाको मूल्य ५० लाख भारु बताइएको थियो । राज कुन्द्रले बिहेको पहिलो वर्षिकोत्सवमा शिल्पालाई दुबईमा रहेको बुर्ज खलीफाको १९ तल्लामा एउटा अपार्टमेन्ट गिफ्ट दिएका थिए । उक्त अपार्टमेन्टको मूल्य ८० लाख डलर रहेको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here