अवैध २०००लिटर घरेलु मदिरा नष्ट

433

काठमाडौं / महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।

संखुवासभा, हतिया ३ कि सिडर भोटेनी र क्षेविज भोटेनीले टोखा नगरपालीका ६ धापासी लाखेडाँडामा अबैध घरेलु मदिरा उत्पदान गर्ने गरेका थिए ।

उनीहरूले उत्पादन गर्ने स्थानबाट प्रहरीले तयारी मदिरा अन्दाजी २०००लिटर र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ३५ बोरा नियन्त्रणमा लिई स्थानीयको रोहवरमा नष्ट गरिएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here