काठमाडौं / राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा ७ औं समूहको मोटरसाइकल आउटराइडर्स उन्नत तालिम मंगलबार सुरु भएको छ ।
उक्त अवसरमा सो महाशाखाका प्रहरी उपरीक्षक ई। दिनेश केसीले तालिम उद्घाटन गर्दै सवारी साधनमा समय अनुसार आउने नयाँ प्रविधिको ज्ञान दिलाई प्रशिक्षार्थीहरुलाई दक्ष र योग्य बनाउने तालिमको उद्देश्य रहेको जनाउनुभयो ।
प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यवधिको तालिममा प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक १, प्रहरी हवल्दार ४ र प्रहरी जवान २७ जना गरी जम्मा ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
















