राष्ट्रिय झण्डा जलाउने  म्युजिक भिडियो बनाउने नाै  पक्राउ

194

काठमाडौं  – राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहलाई प्रहरीले पक्राउ छ । गायक ग्याल्जेन दोर्जे तामाङ सहित ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एक अधिकृतले जानकारी दिए । ग्याल्जेनलाई प्रहरीले स्वयम्भूको भगवान पाउबाट पक्राउ गरेको हो ।

सो समूहले युट्युवमा अपलोड गरेको ‘देशद्रोही’ शीर्षकको भिडियो विवादमा परेको थियो । पक्राउ परेका मुख्य आरोपी ग्याल्जोन दोर्जे तामाङ भन्ने रोजित कुमार तितुङ मंगोलिनय ग्रुपका सदस्य हुन् । पक्राउ पर्नेमा लावाङ तामाङ, चलाकमान तामाङ उर्फ प्रयास, अनोज कुमार तितुङ उर्फ मंगोल बुद्ध, हुत्तबहादुर तामाङ उर्फ संजय, कमलबहादुर लामा,  अरुणा थामीसहित ९ जना रहेका छन् ।

मकवानपुरमा सुट गरिएको सो म्यूजिक भिडियो सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट अपलोड गरिएको थियो । नेपालको झण्डा जलाएको दृश्य समावेश गरिएको सो भिडियोबारे सामाजिक संजालमा चर्को विरोध भएको छ । भिडियोमा क्षेत्री, बाहुन समुदायलाई अश्लिल गाली गरिएको छ ।  मुलुकी अपराध संहिता–०७४ अनुसार जात, जाति सम्प्रदाय वा बर्गको भावनामा आघात पर्र्याउन पाइँदैन । त्यस्तै राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा तीन बर्षसम्म कैद वा तीस हजार जरिवाना हुने कानुनी ब्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here