प्रेस काउन्सिलको विवाद सर्वोच्चबाट टुंगियो

47
?????????????????????????????

काठमाडौं ÷ सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेर टुंगो लागेको छ । कार्यवाहक अध्यक्षको नियुक्ति प्रेस काउन्सिल ऐन विपरित भएको दावीसहित काउन्सिलको बोर्ड सर्वोच्च अदालत पुगेको थियो ।

काउन्सिलको बोर्डले कार्यवाहक अध्यक्ष चयन गर्न पाउने कानुनी अधिकारलाई मिचेर सरकारले कार्यवाहक अध्यक्ष नियुक्त गरेको काउन्सिल बोर्डको दावीलाई सर्वोच्च अदालतले कानुन बमोजिमको दावी ठहर गरेको छ । आज बुधबार सर्वोच्च अदालतमा काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्ति सम्बन्धी विवादवारे रिटमा सुनुवाई भएको थियो । अदालतले हाल कार्यरत कार्यवाहक अध्यक्षलाई काममा बाधा नपु¥याउन आदेश गरेको छ ।

प्रेस काउन्सिल ऐन अनुसार प्रेस काउन्सिलको अध्यक्षको अनुपस्थितिमा काउन्सिलको बोर्डले बरिष्ठतम् सदस्यलाई कार्यवाहक अध्यक्ष चयन गर्न पाउने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार किशोर श्रेष्ठ कार्यवाहक अध्यक्षका रुपमा कार्यरत थिए । श्रेष्ठको कार्यकाल २०७७ असोज १३ गतेसम्म बाँकी नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here