काठमाडाैं – संघीय संसद सचिवालयले डिजाइन अनुसारको लोगो तयार नभएपछि घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता गरेको छ। सचिवालयले मंगलबार बागमती प्रदेशअन्तर्गतको कार्यालयलाई बोलाएर लोगोबारे असन्तुष्टि व्यक्त गरेको थियो। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अुनसार डिजाइन अनुसार लोगो सुधार गर्न फिर्ता पठाइएको हो।

















