छायाकंनका लागि जोमसोम पुगे ‘वीर विक्रम –२’का निर्माण युनिट

160

काठमाडौं – चलचित्र हो ‘वीर विक्रम –२’ को छायांकन सुरु भैसकेको छ ।यतिबेला चलचित्र युनिट चलचित्र छायाकंनका लागि जोमसोम पुगेको छ ।

मिलन चाम्सको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको यो चलचित्र केही दिन अगाडि नै छायाकंन सुरु गर्ने भनिए पनि छायाकंन सुरुवातको अन्तिम समयमा नायक आकाश श्रेष्ठले चलचित्रबाट हात झिकेपछि छायाकंन प्रभावित भएको थियो ।

चलचित्रमा नायक पल शाह र वर्षा सिवाकोटीले रोमान्स गर्दै छन् । ४० दिनमा छायाकंन सकिने अनुमान गरिएको यस चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्स, नायक पल शाह, नायिका वर्षा सिवाकोटी, कोरियोग्राफर कविराज गहतराजलगायत अन्य केही कलाकार तथा टिमलाई लिएर निर्माण युनिट जोमसोम पुगेका छन् ।

यसअघिको चलचित्र वीर विक्रमको सिक्वेल ‘वीरविक्रम –२’मा पुराना कलाकार नाजिर हुसेन मात्र यथावत राखिएको छ । चलचित्रमा अन्य पुराना कलाकारलाई देख्न पाइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here