देउवा-शेखरको गोप्य कुराकानी

581

काठमाडौं / डा. शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाले एउटै माला पहिरेर अबको महाधिवेसनमा मिलेर जाने सन्देश दिइसकेका छन् भने देउवा तीन कोइरालाको एकताले कांग्रेस झन बलियो बन्ने अभिव्यक्ति दिइरहेका छन् ।

यसैबीच पार्टी सभापति शेरबहादुर देउवासँग नेता शेखर कोइरालाको विराटनगरमा गोप्य कुराकानी भएको छ । दुवै नेताबीच विराटनगरमा २५ मिनेट लामो कुराकानी भएको हो ।

गोप्य भनिएको उक्त भेटमा दुई नेताबीच के कुराकानी भयो त्यो विषयमा भने कुनै खुलासा भएको छैन ।

महासमिति बैठकको संघारमा कोइराला परिवारका नेताहरुले आफूहरु एकतावद्ध रहेको सन्देश दिइरहेका बेला सभापति देउवासँग नेता शेखर कोइरालाको गोप्य कुराकानीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here