नेकपा अध्यक्ष प्रचण्ड पनि भाइरल ज्वरोको शिकार

117

काठमाडौँ/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ ।

चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

चिकित्सकले उहाँलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here