भौगोलिक रुपमा नेपालकै सबैभन्दा ठूलो जिल्ला डोल्पा पहिलो पटक सडक सञ्जालसँग जोडिएको छ । राष्ट्रिय प्राथमिकतामा रहेको नेपाली सेनाद्वारा निर्माणाधिन जाजरकोट(डोल्पा सडक आयोजनाको मंगलबार उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, कणाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही र प्रधानसेनापति पूर्णचन्द्र थापाले जिल्लाको त्रिपूराकोट छलगाड चौरमा एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । यससँगै उक्त सडक राष्ट्रिय सडक सञ्जलसँग जोडिएको छ । उक्त सडक खण्डको एक सय ३ किलोमिटर सडक नेपाली सेनाले सम्पन्न गरेसँगै कणार्ली प्रदेशको विकट भनेर चिनिने डोल्पा सडक सञ्जालसँग जोडिएको हो ।
डोल्पा जिल्लालाई पहिलो पटक सडक संजालमा जोड्ने ११७.७७ किलोमिटर सडकको निर्माण कार्य नपाली सेनाले २०६६ फाल्गुन २७ गतेबाट शुभारम्भ गरेको थियो । उक्त सडकको त्रिपुरासुन्दरी नगरपालिका देखि दुनैसम्मको करिब १५ किलोमिटर सडकको यसै आर्थिक वर्षमा स्तरउन्नती गरिने सेनाले जनाएको छ ।
















