टोर्नाटो फिल्म फेस्टिभलमा बेस्ट फिल्म (जुरी च्वइस) अवार्ड पाएको नेपाली भाषाको फिल्म ‘पाहुना’को टिजर सार्वजनिक भएको छ । बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको फिल्म ‘पाहुना’को टिजर सार्वजनिक भएको हो ।
‘पाहुना’ ७ डिसेम्बरमा रिलिज हुने छ । प्रियंका चोपडा र मधु चोपडाले निर्माण गरेको ‘पाहुँना’ सिक्कीममा बनाइएको हो । मधु चोपडा प्रियंकाकी आमा हुन् । दुवै आमाछोरीले निर्माण गरेको फिल्म बालबालिकाको कथामा आधारित छ ।
यो फिल्मको टिजरलाई दर्शकले मन पराएका छन् । यसको टिजर दुई दिनमा ६ लाखले हेरिसकेका छन् । पर्पल पेबल पिक्चरर्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा ईशिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, सरन राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

















