रोल्पा / आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
सुनिल स्मृति गाउँपालिका-५ काभ्रे बस्ने ५५ वर्षीय ईन्द्रबहादुर घर्तीमगरलाई आफ्नै ४२ वर्षीया श्रीमती त्रिमता घर्तीमगरलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बुधबार साँझ प्रहरीले घर्तीमगरलाई पक्राउ गरेको हो ।
ईन्द्रबहादुरले मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा त्रिमतालाई धारिलो हतियार बन्चरो प्रहार गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















