इटहरीमा १३ खनारकी ७८ बर्षिय नर्वदा भट्टराईले मङ्गलबार ८ बज्न १५ मिनेट बाँकी रहदा मृत्यु भयो । घर परिवारमा रुवाबासी हुँदाहुँदै नर्वदाको ८६ बर्षिय श्रीमान टिकाप्रसाद भट्टराईको हर्ट अट्याक भएर मृत्यु भएको आफन्तले जनाएका छन् ।
स्थानीयले मृत्यु राम्रो भएको भन्दै खनारदेखि इटहरीको बुढीखोला दुवै शबलाई एकै चितामा दाहसस्कार गरेको आफन्तले जनाए ।

















