विप्लव पनि ओली र दाहाल नबनून् !

148

– हुकुमबहादुर सिंह

नेपाली जनतामा अहिले एमाले र माकेलगायत केही अन्य ससाना समूहहरू मिलेर बनेको ओली–दाहाल नेतृत्वको नेकपा एउटा कम्युनिस्ट पार्टी हो भन्ने काफी भ्रम छ । प्रथम त उनीहरूले आफूलाई कम्युनिस्ट हौं भनेका छन् । दोस्रो कम्युनिस्टकै नाममा उनीहरूले वामपन्थी गठबन्धन बनाएर गत निर्वाचनमा संघीय र प्रादेशिक निर्वाचनमा संयुक्त उम्मेदवारी दिए । तेस्रो अझै आफ्नो पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेका छन् । यसरी नेपाली जनताको नजरमा देखिने गरी यिनीहरूले कम्युनिस्ट खोल ओढेका छन् । र अझै आफूलाई माक्र्सवादी–लेनिनवादी भनिरहेका छन् ।

फेरि नेकपाका अत्यधिक नेता तथा कार्यकर्ताहरूको राजनीतिक आधार २०२८ सालको झापा आन्दोलन र २०५२ सालको माओवादी जनविद्रोह हो । पछिल्लो अवस्थामा आएर ओलीले नेतृत्व गरेको पार्टी माले, एमाले हु“दै र दाहालको पार्टी नेकपा (माओवादी), एकिकृत नेकपा (माओवादी), माओवादी केन्द्र हु“दै अहिले ती दुवै मिलेर नेकपा बनेको छ र नेपालको संसदीय इतिहासमा बहुमतका साथ सरकारमा पदासिन छ ।

यद्यपि दाहालको पार्टी सिद्धान्त, विचार र कार्यदिशाका हिसावले विभाजित भएर तर ठूलै बहुमतका साथ एमालेमा विलय भएको हो । माओवादी जनयुद्धको नेतृत्व गरेका दाहाल विगतको क्रान्तिकारी सिद्धान्त, विचार, राजनीतिक तथा कार्यदिशा आदि सबैलाई छाड्दै अहिले ओलीका सहयोगी बन्न पुगेका छन् । उनको गति अझै त्यहीं नरोकिन पनि सक्छ । एकाबिहाने कतै उनी शेरबहादुरका सहयोगी पनि बन्न के बेर ! यद्यपि दाहालको विचलनका विरुद्ध विद्रोह गर्दै माओवादी जनयुद्धको झण्डालाई उचालेर क्रान्तिलाई अगाडि बढाउन मोहन वैद्य ‘किरण’को नेतृत्वमा नेकपा –माओवादी गठन गरियो ।

पछि उक्त पार्टीमा परि थापा र रामसिं श्रीषको नेतृत्वको नेकपा (एकिकृत)को एकता पछि नेकपा (क्रान्तिकारी माओवादी)को निर्माण भयो । केही वर्षपछि नेकपा (क्रान्तिकारी माओवादी)बाट नेत्रविक्रम चन्दको नेतृत्वमा एउटा बेग्लै पार्टी नेकपा गठन गरियो भने त्यसको करीब एक वर्षपछि बादल र गुरुङको नेतृत्वमा पार्टी विभाजन गरी पुनः दाहालको एकीकृत नेकपा (माओवादी)मा विलिन हुन गएर नेकपा (माओवादी केन्द्र–माके) बन्यो र यही माके पछि गएर एमालेमा विलय भई अहिले सरकारी नेकपा बनेको छ । यसलाई सरकारी नेकपा किन भनेको हो भने प्रथम त यसले सरकारको नेतृत्व गरिरहेको छ र दोस्रो यो बाहेक अन्य दुई कम्युनिस्ट पार्टीहरू पनि नेकपा नामका छन् ।

नेत्रविक्रम चन्दले नेपालमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने नाममा आफ्नै मौलिक कार्यदिशाको नाम दिएका छन्– एकीकृत जनक्रान्ति । यसमा उनले संसदवादको त विरोध गरेका छन् नै तर सर्वहारावर्गको नेतृत्व र यसको अधिनायकत्वको बदलामा मध्यमवर्गको नेतृत्वको कुरा पनि गरिरहेका छन् । माक्र्सले मध्यमवर्गलाई ढूलमूले चरित्र भएको वर्ग हो, यसको चरित्र निम्नपु“जीवादी भएकाले यसले क्रान्तिको नेतृत्व गर्न सक्दैन भनेर भन्नु भएको छ । साथै विप्लवले के मा पनि जोड दिंदै आएका छन् भने २०६२ को चुनवाङ बैठकले लिएको कार्यदिशा सही थियो, प्रचण्ड र बाबुरामले टेबुलमा गल्ती गरेका हुन् भन्ने छ । साथै उनले काफी भ्रम पार्ने खालका शब्दहरू– उत्तरसाम्राज्यवाद र जनवादी केन्द्रीयताको मान्यता विपरीत नेतृत्वलाई प्रश्नचिन्हभन्दा माथि एउटा सामन्ती राजतन्त्रको हैसियतमा राख्ने सोच देखिन्छ । किनभने कम्युनिस्टको मूल मान्यता आत्मालोचना र आलोचनाको प्रकृयालाई उनले पार्टीभित्र ठाडै खारेज गरेका छन् ।

यसरी साम्राज्यवाद वर्तमानको अस्तित्वलाई इन्कार गर्ने र विगतको विषय बनाउने, २०६२ को चुनवाङ बैठकले लिएको लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा सही थियो भन्ने तर संसदीय व्यवस्थालाई ध्वंश पार्ने भन्ने, नेपाली क्रान्तिको स्वरूप समाजवादी क्रान्ति भन्ने तर सर्वहारावर्गको नेतृत्व र अधिनायकत्व नमान्ने, मध्यमवर्गलाई एउटा नेतृत्वदायी शक्तिका रूपमा स्वीकार गर्ने, मानिस होइन प्रविधिलाई उत्पादक शक्तिका रूपमा मान्ने आदि अनेकौं गोलमटोल कुराहरू ल्याएर नेपालमा माक्र्सवादको विकास गर्ने कुरा कतै भविष्यमा बाबुरामले झैं माक्र्सवाद नै गलत भन्ने अवस्था त आउने होइन भन्ने प्रश्न उठनु स्वाभाविक हुन्छ ।

उनले लिएका यी उल्लेखित भनाइहरूले उनलाई क्रान्तिकारी नै रहन दिने छ भन्ने आधार अझै त्यति बलियो देखिएको छैन, बरु उनको दिशा एउटा अराजकतावादी वा दुस्साहसवादी हु“दै माक्र्सवादविरुद्धतर्फ बढ्ने छ भन्ने आधार बलियो देखिन्छ । किनभने सानो एउटा उदाहरण लिऔं– जस्तो पार्टीमा जनवादको अन्त्य र केन्द्रीयताको अनावश्यक केन्द्रीकरण र पार्टीमा आफ्ना विचारहरू मान्नेहरूलाई मात्रै स्थान छ र विरोधमा बहस र छलफल अथवा पार्टीमा फरक मतको अस्तित्व हु“दैन भन्नु माक्र्सवादको गुदी–द्वन्दात्मक भौतिकवादमाथिकै प्रश्न चिन्ह हो र यसले माक्र्सवादी–लेनिनवादी–माओवादी पार्टी बन्नबाट उनलाई रोक्ने छ ।

उनले नेपालका सबै कम्युनिस्ट पार्टीहरू संशोधनवादी हुन् भनेका छन्, तर भविष्यले उनको स्थान कहा“ हो ? क्रान्तिकारी कि संशोधनवादी ? स्पष्ट पार्ने छ । र केही त उनको यही मंसिर ८ गतेको भूमिगत जीवनबाट खुला हुने घोषणाको आमसभाबाट बाहिर आउने नै छ । विश्वासै गर्न नसके पनि आशा गरौं– उनी दाहाल र बाबुरामको माक्र्सवादविरोधी मार्गतर्फ जाने छैनन्, माक्र्सवादको विकासको नाममा विगतको एमाले पनि बन्ने छैनन् । – जनधारणा साप्ताहिक
[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here